दि नेपाल डिष्टिलरिजको उत्पादन 'खुकुरी रम'ले खेल प्रवर्द्धनमा समेत ध्यान दिन थालेको छ।
पछिल्लो समय खुकुरी रमले खेलको प्रवर्द्धन र खेलाडीहरूको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरूमा सहकार्यको अभ्यास सुरू गरेको हो।
हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो।
गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिष्टिलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिइन्।
खुकुरी रमले खेलहरूको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरूमा सहकार्य गरेको यो पहिलो पटक नभएको कम्पनीले बताएको छ।
यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत आफूहरूले सहकार्य गरेको अधिकारीले बताइन्।
आफूहरूले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरूको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ।
खुकुरी रमले आगामी दिनमा समेत खेल प्रवर्द्धनमा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनको भनाइ छ।
खुकुरी रमले हिमाल सरसफाई, दुर्गमका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा सहयोग जस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ।