चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनहरूमा शत प्रतिशत पार्टस् उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी पाइने भएको छ।
गत वर्षदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको युरोपको टप होम अप्लायन्सस् ब्रान्ड बेकोका उत्पादनहरूको खरिद गरी ग्राहकहरूलाई धुक्क हुन समेत चौधरी ग्रुपले भनेको छ।
कम्पनीले नेपालभरिका ४०ं वटा सर्भिस सेन्टरहरूबाट यो सेवा निरन्तर रूपमा दिइरहेको छ। बेकोका उत्पादनहरुमा १२ वर्ष सम्मको पार्टस् वारेन्टी रहेको छ।
हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै 'वेलकम विन्टर' नामक योजना पनि बजारमा सार्वजनिक गरेको छ।
उक्त योजना अन्तर्गत ग्राहकहरूले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरूको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ।
साथै एअर कन्डिसनरको खरिदमा ४ हजार बराबरको फ्री इन्स्टलेसन पाइने कम्पनीले बताएको छ।
उक्त योजना मंसिर १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ।
बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।
सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।