काठमाडौंको भृकुटीमण्डपमा 'बुहत जुत्ता चप्पल व्यापार मेला २०७९' सुरू भएको छ।
मंगलबारबाट सुरू भएको यो मेलामा चर्चित नौ वटा ब्राण्डहरूको सहभागिता रहेको छ।
विशेषगरी जाडोलाई लक्षित गरेर उपभोक्तालाई विशेष छुट अफरसहित सञ्चालन गरिएको जुत्ता चप्पल मेलामा उपभोक्ताको निकै आकर्षण देखिएको छ।
मेलामा विवाह र पार्टीका लागि उपयुक्त पार्टी सुरूदेखि महिला, पुरुष, बच्चाका लागि जुत्ता चप्पल र स्पोर्टस शुका आकर्षण मोडलहरू राखिएको छ।
मेला आयोजकमध्येका एक गंगा श्रेष्ठले मेलामा एक सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्ने जुत्ता चप्पल राखिएको बताउँदै उपभोक्ताले आफ्नो चाहनाअनुसारको क्वालिटी, डिजाइन र मूल्यमा जुत्ता चप्पल किन्नसक्ने बताए।
उनले भने, 'यहाँ आइसकेपछि पूरै परिवारलाई नै हुने खालका सबै उमेर समूह र डिजाइनका जुत्ता चप्पलहरू राखेका छौं। पार्टी शु र स्पोर्टस शु पनि विभिन्न डिजाइनमा उपलब्ध छन्। यी जुत्ता चप्पलमा वारेन्टीको पनि व्यवस्था छ।'
श्रेष्ठले विगतमा पनि आफूहरूले यस किसिमको मेला आयोजना गर्दै आएको अनुभव सुनाउँदै यस पटकको मेलामा मानिसहरुको बढी आकर्षण देखिएको बताए।
मेला माघको दोस्रो सातासम्म चल्ने बताइएको छ।