नेपाली बजारमा भारतीय ब्राण्ड केन्टका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा आएका छन्।
नयाँ आइस्मार्ट फेन्सी एंगल होल्डर, फेन्सी ब्याटन होल्डर, मोड्युलर एंगल होल्डर, मोड्युलर ब्याटन होल्डर, सिक्स ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स नेक्स एमसिबी टिपिएन सिरिज उपलब्ध छन्।
सबै नयाँ सामग्री उत्कृष्ट विशेषताहरूले भरिपूर्ण रहेको कम्पनीको दाबी छ। सबै सामानहरू नेपालभरका बजारमा सजिलै पाइने कम्पनीले जनाएको छ।
केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन्। केन्ट नेपालमा लोकप्रिय भारतीय हो।
सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुपको एक कम्पनी हो जो नेपालमा इलेक्ट्रोनिक्स व्यवसायको अग्रणी संस्था हो। सिजी इलेक्ट्रोनिक्सले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सिजी ब्रान्डहरूको विक्री वितरण गरिरहेको छ।
इओएल प्रालि, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी-मोड्युलर स्विचहरू, एमसिबि, होल्डरहरू वितरण गर्दै आएको छ।
त्यस्तै रुम हिटर, वाटर हिटर र गिजरहरु प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू पनि मार्केटिङ र वितरण गर्दै आएको छ ।