नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला काठमाडौंमा हुने भएको छ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्दको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो।
मेला आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म चल्ने छ।
कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्टिय व्यापार मेला गएको दुुई वर्ष आयोजना हुन सकेको थिएन।
यो मेलामा भाग लिन चाहनेका लागि आजैबाट स्टल बुकिङ खुला समेत महासंघले जनाएको छ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ नवौं संस्करण हो।
यस वर्षको मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता रहने छ।
मेलामा नेपाली हस्तकला र नेपाल व्यापार एकिकृत रणनीति(एनटिआइएस) अन्तर्गत तोकिएका वस्तुहरुको प्रर्दशनी गरिने छ।
यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ।
मेलामा एनटिआइएसका उत्पादनहरुको प्रदर्शनीबाट नेपालको औद्योगिक व्यवसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिएको छ।
३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ। हस्तकला, पर्यटन, सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन्।
मेलामा नेपाल सहित सार्क मुलुकहरु,चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता आयोजकले जानकारी दिएको छ।
मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशहरुबाट क्रेताहरु आउने अपेक्षा गरिएको छ।
मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने आयोजकको लक्ष्य छ।
त्यस्तै विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँगं भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ।
विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराईने छ।
मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ।
महासंघले २०५६ सालदेखि यस्तो मेला आयोजना गर्दै आएको छ।