ठमेलस्थित 'एलओडी' क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो। सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको थियो।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ।
टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ।
क्लबका निर्देशक भुपेन शमशेर कुँवरले यसले व्यवसायीहरूलाई थप प्रोत्साहन हुने बताए।
'क्लबकै कारण पनि नेपालको नाम विश्वसामु फैलाउन सफल भएका छौं। यसपटक पनि राम्रो स्तरमा पर्न सक्ने गरी काम गरिरहेका छौं,' कुँवरले भने।
नाइट लाइफमा रमाउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने उनको भनाइ छ।
एलओडी ५२औं स्थानमा परिसकेपछि मनोरञ्जन गर्न आउने पर्यटकको संख्या थप बढेको पनि उनले बताए।
यो पटक टप १०० मा पर्न सफल भए सेवाग्राहीको संख्या अझ बढ्ने उनले बताए।