नेपाली बजारमा टिसिएल ब्रान्डका उत्पादनहरू भित्रिएको लामो समय भयो। करिब एक दशक अघिदेखि चौधरी ग्रुपले यसको उत्पादन बजार पुर्याइरहेको छ।
कम्पनीको सेल्स प्रमुख शैलेन्द्र झाका अनुसार हालसम्म टिसिएलले राम्रो बजार पाएको छ भने बजारको माग पनि सकारात्मक छ।
'हामीले टिसिएलको सिआरटी टिभी भित्र्याएर नेपालमा यसको बजार सुरू गरेका थियौं,' सेल्स प्रमुख शैलेन्द्र भन्छन्, 'अहिले हामी एलइडी टिभी बिक्री गर्दैछौं। यससँगै वासिङ मेसिन, एसी, फ्रिजर लगायत घरायसी आवश्यक सामग्रीहरू छन्।'
यतिबेला नेपाली बजारमा टिसिएलले चेस्ट फ्रिजर, वासिङ मेसिन, रेफ्रिजिरेटर, टिभी, एसी, वाटर डिस्पेन्सर, एसी लगायत सामग्रीहरू उपलब्ध छन्। तीमध्ये सबैभन्दा रुचाइएको उत्पादन भने टिसिएलको एलसिडी टिभी रहेको कम्पनीको भनाइ छ।
हरेक उत्पादनको लागि कम्पनीले वारेन्टी दिँदैछ। साथै ग्राहकहरूको सहजताको लागि कुनै समस्या परे सम्बोधन गर्न टोल फ्री नम्बर पनि दिएको छ।
टिसिएलको एलइडी टिभी ग्लोबल टिभी डिजाइन अनुसार एनड्रोइड ओएस स्मार्ट टिभीको नम्बर १ स्थानमा छ। यसमा भएको विशेषताहरूका कारण पनि विश्व बजारमा टिसिएल टिभी रुचाइएको कम्पनीको भनाइ छ। कम्पनीले क्युएलइडी अल्ट्रा हाइ डेफिनेसन, अल्ट्रा हाइ डेफिनेसन, स्मार्ट एलइडी र नर्मल एलइडीमा विभिन्न मोडलको टिभी बिक्री गर्दैछ।
सेल्स प्रमुख शैलेन्द्रका अनुसार टिसिएलको उत्पानहरू राम्रो गुणस्तरका छन् भने यिनलाई सुलभ मूल्यमा खरिद गर्न सकिन्छ। कम्पनीले हरेक उमेर समूह र वर्गका ग्राहकहरूलाई लक्षित गरी उत्पादन नेपाली बजारमा भित्र्याइहको छ।
शैलेन्द्र अहिले ग्राहकहरू टिभी खरिद गर्दा बढी विशेषताहरू खोजी गर्ने बताउँछन्। सोही अनुसार टिसिएलले टिभीमा विशेषताहरू थप गर्दै बजार पुर्याइरहेको छ। हाल टिसिएलको टिभीले नेपाली बजारको १० देखि १२ प्रतिशत हिस्सा ओगटेको सेल्स प्रमुख बताउँछन्।
नेपाली बजारमा टिसिएलको ३२ इन्च, ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्चको टिभी उपलब्ध छन्। यी टिभीको मूल्य २९ हजार चार सय ९० रुपैयाँदेखि दुई लाख १० हजार ८ सय ९० रुपैयाँसम्मको छ। कम्पनीले भविष्यमा ८० इन्चदेखि १०० इन्चसम्मको टिभी पनि बजार पुर्याउने योजना बनाएको छ।
कम्पनीका अनुसार टिभीसँगै अहिले जाडो मौसममा टिसिएलको एसीको पनि राम्रो माग छ। कम्पनीले वाइफाई एसी पनि बिक्री गर्दैछ। अर्थात् यो एसीलाई मोबाइलबाट नै कन्ट्रोज गर्न सकिन्छ। यो एसीमा कम्पनीले पाँच वर्षको वारेन्टी दिएको छ।
बजारमा टिसिएलको एसी ८२ हजार एक सय ९० रुपैयाँदेखि एक लाख ७२ हजार रुपैयाँसम्मको एसी उपलब्ध छन्।
त्यस्तै पहिलेको तुलनामा यतिबेला बजारमा वासिङ मेसिनको पनि माग रहेको सेल्स प्रमुख बताउँछन्। अहिले टिसिएलको ८,९ र १० केजी क्षमता भएको वासिङ मेसिन उपलब्ध छन्। यी वासिङ मेसिनहरूको बजार मूल्य ५७ हजार नौ सय रुपैयाँदेखि ७५ हजार रुपैयाँ तोकिएका छन्।
वासिङ मेसिनमा कम्पनीले १० वर्षको वारेन्टी दिएको छ। कम्पनीले छिट्टै १२ केजीदेखि १४ केजी क्षमताको वासिङ मेसिन बजारमा उपलब्ध गराउने बताएको छ।
ग्राहकहरूले अहिले टिसिएलको कुनै पनि उत्पादन खरिद गर्दा क्यास ब्याक पाउन सक्छन्। अर्थात्, सामग्री खरिद गर्दा तिरेको मूल्यको केही प्रतिशत ग्राहकहरूले पुनः फिर्ता पाउनेछन्। कम्पनीले ग्राहकहरूको लागि यस्ता योजनाहरू सार्वजनिक गरिरहने कम्पनीको भनाइ छ।
कुनै पनि विद्युतीय उत्पादन बजार पुर्याउनु मात्रै ठूलो होइन। कम्पनीले बिक्रीपछिका सुविधाहरूमा पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ। यस मामिलामा चौधरी ग्रुप अग्रपन्थीमा छ। कम्पनीले टिसिएलको उत्पादन बिक्रीसँगै बिक्रीपछिको मर्मत लगायत सुविधालाई पनि निकै ध्यानमा राखेको सेल्स प्रमुख शैलेन्द्र बताउँछन्।
'विद्युतीय सामग्रीको बिक्रीपछि आवश्यक अन्य सुविधालाई मेरुदण्ड भन्दा हुन्छ,' उनी भन्छन्, 'हामी हरेक ग्राहकलाई सामग्री बिक्री पछि कुनै पनि कम्पनीले भविष्यमा कस्तो सुविधा दिन्छ हेरेर मात्रै खरिद गर्न भन्छौं। यस विषयमा सिजीले बजार पुर्याउने उत्पादनहरूप्रति ग्राहकहरू ढुक्क हुन सक्नुहुन्छ।'
हाल कम्पनीले नेपालको विभिन्न ३० भन्दा बढी ठाउँबाट ग्राहकहरूलाई बिक्रीपछिको सुविधा प्रदान गरिरहेकाे छ। त्यस्तै २५० भन्दा बढी डिलरमार्फत कम्पनीले टिसिएलको उत्पादनहरू ग्राहकहरू समक्ष पुर्याइरहेकाे छ।