नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन् तथा प्रशोधन गर्ने क्रसर तथा बालुवा उद्योगलाई बन्द गर्ने आदेश दिए पनि दर्ता भई सञ्चालित उद्योगलाई समस्या परेको बताएको छ।
७७ वटै जिल्ला प्रशासन कार्यालयले दर्ता भई सञ्चालित क्रसर उद्योगहरूलाई उत्पादन, उत्खनन् तथा बिक्री वितरणमा रोक लगाएको भन्दै ध्यानाकर्षण गराएको हो।
तत्कालीन कानुन अनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगलाई सञ्चालनमा रोक नलगाउन महासंघले माग गरेको छ।
दर्ता भई सञ्चालनमा रहेका उद्योग नवीकरण गर्न नदिएको प्रति पनि महासंघले आपत्ती जनााएको छ।
यसबाट आम उपभोक्ता तथा निर्माण क्षेत्रमा असुविधा पुगेको महासंघका अध्यक्ष सिताराम न्यौपानेले उल्लेख गरेका छन्।