नेपालको भुक्तानी सेवा प्रदायक 'इ-सेवा' १४ वर्ष पूरा गरेर १५औं वर्षमा प्रवेश गरेको छ।
नगदरहित अर्थतन्त्रको परिकल्पनागर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको इ–सेवाले १४ वर्ष पार गरेको हो।
मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इ–सेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ।
पत्रकार सम्मेलनमा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने 'हामी जहिले पनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहजबनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ। आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ।'
१४ औं वार्षिक उत्सवको अवसरमा इ-सेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ।
जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इ–सेवामा लिंक गरेमा १४० रुपैयाँ क्यनसब पाइनेछ।
यसैगरी, बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुनेछ। जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउने बताइएको छ।
यसैगरी, ११ देखि १२ बजेसम्म मुभी आवर सञ्चालन हुनेछ। यो अवधिमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ।
यसैगरी, १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ। यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरू निःशुल्क प्राप्त गर्न सकिनेछ।
यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ। जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ।
यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ। यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।
यसैगरी, ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ। यो अवधिमा ५० रुपैयाँ सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ।
यसैगरी इ–सेवाले वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति कोष समेत सञ्चालन गरेको छ। यसको राशी र प्रक्रियाका विषयमा एक कार्यक्रममार्फत जानकाारी गराउने इ–सेवाको भनाइ छ।
इ–सेवाले १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको छ।
१४ वर्षको अवधिमा इ–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन्।