नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहमार्फत डष्टि कार्गो आयात निर्यात गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
डष्टि कार्गो ह्याण्डलिङका लागि पूर्वाधर तयार भइसकेकाले आगामी दिनमा सामान आयात निर्यात गर्दा सुख्खा बन्दरगाह प्रयोग गर्न समितिले आग्रह गरेको हो।
‘नेपालको एक मात्र रेल जडित सुक्खा बन्दरगाहमा हालसम्म कन्टेनर तथा विसिएन/बिआरएन कार्गो मात्र आयात भइरहेकोमा हाल उक्त सुख्खा बन्ददरगाहमा डष्टि कार्गो समेत ह्याण्डलिङका लागि पूर्वाधार तयार भइसकेको हुँदा सो सुख्खा बन्दरगाह मार्फत डष्टि कार्गो आयात गर्न सकिने ब्यहोरा जानकारी गराउँदछौं,’ समितिद्वारा जारी सूचनामा उल्लेख छ।