कोकाकोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबार एलओडीमा एक कार्यक्रमको आयोजना गरी नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको हो।
यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्ने कम्पनीको भनाइ छ।
चार्ज्डको लञ्चसँगै कोकाकोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद ‘बेरी बोल्ट’ थपिएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार उपभोक्ताहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको हो।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थ भने 'युवाहरूका आकांक्षा पूरा गर्न जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने विश्वासका साथ यो नयाँँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएका छौं।'
यसमा भएको बेरी बोल्टको स्वादले युवाहरूलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्ने उनले बताए।
चार्ज्ड नेपालका किराना पसल लगायत डिपार्ट्मेन्ट स्टोरहरूमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ।