आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ।
यस अफर अन्तर्गत ग्राहकहरूले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यास ब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन्।
यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुनेछ।
प्रयोगकर्ताहरूले एक दिनमा एकपल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्ने कमपनीले बताएको छ।
त्यसपछि प्रयोगकर्ताहरूले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्नेछन्। साथै, आगामी दिनहरूका लागि लाइभ भएको टिकटहरू पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरूले सो छुट पाउनेछन्।
यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरूमा लागू भएको बताइएको छ।
मंगलबार काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे।
त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफरमार्फत मुभी प्रेमीहरूलाई सहज हुने र अझ बढी ग्राहकहरू आकर्षित हुने विश्वास व्यक्त गरे।