कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव कर्णालीको उत्सवको चौथो संस्करण सुरू भएको छ।
कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरू भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन्।
तीन दिनसम्म चल्ने उत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निमार्णका लागि छेडिएको यो बहसले कर्णालीको विकासमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए।
कर्णालीमा समस्याको व्याख्या गर्नेहरूको कमी नभएको बताउँदै मुख्यमन्त्री शर्माले समस्याको समाधान गर्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताए।
त्यसका लागि निरन्तर छलफल र बहसको आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शर्माले नीति निर्माण र कार्यान्वयनमा पनि अपनत्व लिनुपर्ने उनले बताए।
'हामीले कर्णालीका चुनौती र कर्णालीका संभावनाका विषयमा छलफल बहस निरन्तर गर्न आवश्यक छ। यसका लागि नीति निमार्ण र कार्यान्यवनमा अपनत्व लिनुछ। यी दुई कुरालाई एकसाथ अघि बढाउनु छ’ मुख्यमन्त्री शर्माले भने।
मुख्यमन्त्री शर्माले भने, 'बहस लिएर जनतासमक्ष पुग्ने र कार्यान्वयनका लागि जनस्तरबाट सहयोग पाउने कुरा जटिल कुरा हो। समृद्ध कर्णाली कसरी निमार्ण गर्ने भन्ने कुरामा छेडिएको यो बहसले सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएका छौं।'
मुख्यमन्त्री शर्माले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख व्यवस्थामा पुग्ने बाटो र तरिकाको बारेमा पनि बहस र बहस र छलफल गर्नुपर्ने बताए।
'हामी सबैले चाहेको र सोचेको समाजवाद सुख हो र खुसी हो । हाम्रो सुख आर्थिक समृद्धिसँग जोडिएको छ। यसलाई आत्मसाथ गरेर छलफल र बहस चलाउनुछ,' उनले भने 'नेपाली नागरिकले राष्ट्रप्रतिको दायित्वबोध कसरी गर्छ भन्ने कुराले नै धेरै कुरा निर्धारण गर्छ। शिक्षा स्वास्थ्य, रोजगार र पूर्वाधारमा केन्द्रीत भएर बहस गर्दा नै सही ठाउँमा पुग्छौं भन्ने लाग्छ।'
उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उत्सववलाई वीरेन्द्रनगर नगरपालिकाले गर्ने सहयोगमा कुनै कमी नहुने बताए। उनले उत्सवमा हुने बहसले प्रदेश सरकार र यस प्रदेशभित्रका सबै स्थानीय सरकारलाई एउटा मार्गनिर्देशन हुने बताए।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले कर्णालका मान्छेको कुरा सुनाउने उद्देश्यले कर्णाली उत्सवको आयोजना गरिएको बताए।
उनले कर्णालीलाई संघीयता चाहिए पनि सामाथ्र्यको अभाव रहेकाले सामाथ्र्यको अभाव महसुस गरिएकाले कार्यक्रमको आयोजना गरिएको बताए।