नेपालको लजिजटिक्स कम्पनी उपायले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप विराटनगरमा उपाय स्टेशन सञ्चालनमा ल्याएको छ।
करिब ३ बिघाको क्षेत्रफलमा फैलिएको 'उपाय स्टेशन' मा ड्राइभरलाई विश्राम केन्द्र, ७० भन्दा धैरै ट्रकहरू पार्किङ गर्न मिल्ने व्यवस्था, नुहाउने र लुगा धुने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको बताइएको छ।
पूर्व पश्चिम राजमार्गको टंकी सिनिवारीमा अवस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र हो।
यस स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
उपायले नेपालको सातै वटन प्रदेशमा उपाय स्टेशन खोल्ने योजना समेत बनाएको कम्पनीले बताएको छ।