ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए), हङ्जउ एसियाली खेल आयोजक समिति र नेपाल राष्ट्रिय ओलम्पिक कमिटी मिलेर एसियाली खेलकुद फन रन आयोजना गरेको छ।
एसियाली खेलकुद र नेपालमा ओलम्पिक प्रवर्द्धन गर्न उक्त खेलकुद फन रन आयोजना गरिएको बताइएको छ।
दराज नेपाल यस अभियानको समर्थकको रूपमा रहको थियो।
उक्त फन रनमा कुल प्रतिस्पर्धीहरूमध्ये दराजबाट १४ धावकहरूले भाग लिएका थिए।
उक्त कार्यक्रम फेब्रुअरी १७ मा बिहान ६ः३० बजे पाटन दरबार स्क्वायरमा आयोजना गरिएको थियो।
दौड पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स थियो।
एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागि ओसिएको जारी प्रयासको एक हिस्सा हो।
यसको उद्देश्य खेलाडी, विद्यार्थी, बालबालिका र खेलकुद अधिकारीहरूलाई एकैठाउँमा ल्याउने रहेको बताइएको छ।