नेपाल पे क्युआरमा दुई लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन्।
छोटो अन्तरालमा दुई लाखभन्दा बढी मर्चेन्टहरूमा आबद्ध गरिनुले नेपालमा क्युआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।
नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको बताइएको छ।
क्युआर स्किमको रुपमा पनि रहेको उक्त नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।
हाल २३ बैंक तथा वित्तीय संस्था तथा दुई भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरूले नेपाल पे क्युआरमा आबद्ध हुन सक्छन् भने १६ बैंक वित्तीय संस्था तथा चार भुक्तानी सेवा प्रदायकका वालेटहरू मार्फत स्क्यान र पेको सुविधा उपलब्ध रहेको छ।
विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्युआरमा आबद्ध भई क्युआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुरू गर्न सकिन्छ।
यसका लागि हाल सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, पोखरा फाइनान्स, सम्मृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. मोरु तथा फोकसवान सोलुसन्स्लमार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका कम्पनीले बताएकाे छ।