नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा आयोजित ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा चलिरहेको छ।
जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक तथा रन शुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए।
ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए।
'हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौं,' उनले भने, 'एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौं।'