स्पिरिट उत्पादक कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ।
सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड सेट भएको कम्पनीको दाबी छ।
फरक स्वाद पस्कन प्रिमियम भोड्का ब्रान्ड ल्याइएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार पाँच पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ स्वाद छ। जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट स्वाद आउने कम्पनीले जनाएको छ।
भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलिलिटर १८० मिलिलिटर बजारमा उपलब्ध छ।