नेपालको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औँ वर्षमा प्रवेश गरेको छ।
डिजिटल वित्तीय सेवा पुर्याउने उदेश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले सेवा सुरू गरेको थियो।
१९ वर्षको अवधिमा नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित भएको दाबी गरिएको छ।
कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको जनाएको छ।
सुरूमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता प्रविधिहरू निर्माण गरिसकेको छ।
एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको समेत विकास गरेको छ। कम्पनीमा हाल एक हजार दुई सयभन्दा बढी दक्षजनशक्तिले रोजगारी पाएका छन्।