नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पदम बहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।
शाही तेस्रो पटक निर्वाचित भएका हुन्। शाहीसहित कार्यसमितिमा उपाध्यक्षमा शुधन श्रेष्ठ, हर्ष विक्रम खड्का र सदस्यमा नामग्याल तामाङ, कुमार बुढाथोकी, कुमार प्याकुरेल, लक्ष्मी कार्की, ईन्द्र प्रसाद शर्मा, खड्क प्रसाद शर्मा र कमल नेपाल छन्।
कोषाध्यक्षमा भने बुधबारसम्म सहमतिको प्रयास गर्ने तर सहमति भएन भने चुनावी प्रक्रियामा जाने तयारी समेत भएको नवनिर्वाचित अध्यक्ष शाहीले जानकारी दिए।
विगतका कार्यकालमा आफूले गरेको कामको मुल्याकन हेरेर आफूलाई पुनः निर्विरोध निर्वाचित गराएको शाहीले बताए।
यो कार्यकालमा कर्णालीमा भएको स्रोत र साधनालाई अधिकतम प्रयोग गरी कोरानाका कारण धरासायी भएको उद्योग ब्यवसायलाई पुरानै लयमा फर्काउनु नै आफ्नो प्रमुख उद्धेश्य रहेको बताए।