भुक्तानी सेवा प्रदायक इ-सेवाले हरेक महिनाको २५ गतेलाई 'इन्स्योरेन्स डे' अर्थात् बिमा दिवसको रूपमा मनाउने भएको छ।
यस अफरअन्तर्गत हरेक महिनाको २५ गते दिउँसोको १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्सको प्रिमियम बुझाउँदा दुई सय रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ।
इन्स्योरेन्सको प्रिमियम अनलाइनमार्फत भुक्तान गर्न प्रात्साहन गर्नका लागि इ-सेवाले यो सुविधा ल्याएको हो।
इ-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
इ-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इ-सेवामा सहजै रकम जम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हाल एक लाख ८५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत इ-सेवाका सेवा तथा सुविधा लिन सकिनेछ।
इ-सेवाले हाल एन्ड्रोइडमा ५५ लाख र आइओसमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकहरूलाई एप्समार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ। इ-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत विभिन्न किसिमका सहजता ल्याएको छ।