रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस सिएसआर कार्यक्रमको साथ एक अनाथालयमा मनाएको छ।
कम्पनीले काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गर्दै संस्थापक दिवस पनि मनाएको हो।
रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ।
सिएसआर कार्यक्रममा रमेश कर्पका सदस्यहरूले अनाथालयमा विभिन्न रमाइला गतिविधिहरूको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए।
रमेश कर्पोरेशनका सदस्यहरूले अनाथ आश्रममा भेला भई बालबालिकाहरूबीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गरेका थिए।
कार्यक्रमको बारेमा बोल्दै रमेश कर्पोरेशनका उपाध्यक्ष सुशिल गुप्ताले भने, 'आज रमेश कर्पोरेशनको तेस्रो संस्थापक दिवस हो। यो दिन हाम्रोलागि विशेष छ किनभने हामीले हाम्रा संस्थापक स्वर्गीय रमेश गुप्ता र उहाँको दर्शनलाई सम्झने र यस्ता कार्यहरू मार्फत समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेका छौं।'
'बालबालिकाको भलाइको लागि योगदान गर्ने अवसरको लागि हामी आभारी छौं। समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्ति तर्फको एउटा सानो कदमको रूपमा हेरेका छौं,' उनले थप भने।