ठमेलमा व्यावसायिक रूपमा सफल भएको नेपाली पिज्जाको ब्रान्ड ‘भेरा’को तेस्रो शाखा विस्तार भएको छ।
यसअघि दरबारमार्गमा दोस्रो शाखा विस्तार गरेको कम्पनीले तेस्रो शाखा बौद्धको उत्पला कम्प्लेक्सभित्र नयाँ शाखा खोलिएको सञ्चालक सन्देश अधिकारीले बताए।
फरक स्वाद र ठमेलबाहेकका ठाउँबाट समेत शाखा खोल्न माग हुन थालेपछि बौद्ध छनोटमा परेको हो।
'४ वर्ष अघि ठमेलमा भेरा ब्रान्डमा पिज्जा ल्याइएको थियो,' अधिकारीले भने, 'काठमाडौंको विभिन्न ठाउँबाट पिज्जा खान आउने क्रम बढेसँगै पहिलो शाखाको रूपमा उत्पलामा विस्तार गरिएको हो।'
इटालीको स्वाद, तथा पिज्जा बनाउन चाहिने सम्पूर्ण परिकार विदेशबाट आयात गर्ने उनको भनाइ छ। ग्राहकले अर्डर गरेको एक मिनेटमा पिज्जा तयार हुने गरी अत्याधुनिक मेसिन जडान गरिएको छ।
पातलो तह र यसको शीर्षमा उत्तम टोपिङ्सको साथ उत्तम क्रस्ट छ। जसका कारण पिज्जा उत्कृष्ट बन्ने सञ्चालकहरूले दाबी गरेका छन्।