सेल्सबेरी डिपार्टमेन्ट स्टोरले २०७९ सालकै सबैभन्दा सस्तो मूल्यमा खाद्य तथा घरायसी समानहरूमा छुट अफर ल्याएको छ।
वर्ष भरीनै विभिन्न किसिमको छुट अफरहरू सार्वजनिक गर्दै आइरहेको सेल्सबेरीले चैत महिना लक्षित 'इन्ड अफ द इयर सेल' अफर सार्वजनिक गरेको हो।
यस सेल अन्तर्गत विभिन्न खाद्य वस्तु, घरायसी सामान, होम अप्लाएन्सेसहरूमा भारी छुट दिने कम्पनीले जानकारी गराएको छ।
नयाँ साल सँगसँगै विद्यार्थीहरूको नयाँ शैक्षिक शत्र सुरूवात हुने भएकाले सेल्सबेरीले 'ब्याक टु स्कुल' नामक क्याम्पेन पनि चलाई रहेको कम्पनीको भनाइ छ।
यस अन्तर्गत विद्यार्थीहरूलाई नयाँ शत्रमा उपभोग हुने सामग्री जस्तैः कापी, कलम, ल्यापटप टेवल, कलर बक्स, खेलौनालगायत विभिन्न सामानहरूमा विशेष अफर चलाइरहेको कम्पनीले जनाएको छ।
चैत ३० गतेसम्म सञ्चालन हुने यो अफर सेल्सबेरीका विभिन्न शाखाहरू तथा सेल्सवेज पोखराका शाखाहरूमा लागू हुने कम्पनीले बताएको छ।