नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा अन्जन श्रेष्ठको टिमबाट एसोसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे उम्मेदवार बन्ने भएका छन्।
यो टिमबाट एसोसियट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाईको समूहमा खुलेपछि प्रवल अन्जनको टिममा देखिएका हुन्।
'युवा व्यवसायी प्रवलजंग पाण्डे हाम्रो टिमबाट उपाध्यक्षको उम्मेदवार बन्ने हुनु भएको छ' अन्जन टिमका जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीले भने।
पाण्डे वर्तमान कार्यसमितिमा सदस्य हुन्। उनी महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन्।
अन्जनको समूहमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान रहेका छन्।