सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार एम बैंक एप मार्फत् ६५० भन्दा बढी सहकारी संस्थाहरू तथा संस्थाका सदस्यहरूले आइएमई पे वालेटमा रकम लोड, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरी केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन्। आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन्।