नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले पहिलो चरणमा महासंघको वरिष्ठ उम्मेदवार टुंगो नलागेमा पुन: मतदान गर्नको लागि मिति तोकेको छ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षकामा निर्वाचित हुनको लागि ५० प्रतिशत जोड एक भोट आवश्यक पर्ने हुन्छ।
तीन जना उम्मेदवार भएको कारण पहिलो चरणमा कुनै एक उम्मेदवारलाई ५० प्रतिशत प्लस एक भोट ल्याउन समस्या पर्न सक्ने आँकलन गरिएको छ।
महासंघको आगामी कार्यसमितिको लागि चैत २९ गते मतदान मिति तोकेको छ। चैत २९ मा नै मतगणना गरिने र वरिष्ठ उपाध्यक्षको लागि चाहिने मत नआएमा भने चैत ३० गते नै मतदान गरिने उल्लेख गरिएको छ।
विगतका निर्वाचनमा भने वरिष्ठ उपाध्यक्षका लागि दुई उम्मेदवारबीच मात्र नेतृत्वका लागि निर्वाचन हुँदै आएकाले दोस्रो चरणको निर्वाचन गर्नु परेको थिएन।
तर, योपटक भने तीनजना उम्मेदवार चुनावी मैदानमा टिमसहित होमिएसँगै निर्वाचन समितिले त्यहीअनुसारले तयारी गरिएको निर्वाचन समितिले जानकारी गराएको छ।