इ–सेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत भोरपुरको भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ।
कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमकाबीच शुक्रबार इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोइरालालाई सिजी ६५” ४के युएचजी एन्ड्रोइड टिभी र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन्।
यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित 'ओरेन्ज भाइब्स' कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ।
इ–सेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका एक लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत् पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।