बोस पावर टुल्स एण्ड एक्सोसरिजले नेपालमा पहिलो पटक ‘डिलर मिट’ को आयोजना गरेको छ।
जर्मन ब्रान्ड बोस पावर टुल्स एण्ड एक्सोसरिजले हालै काठमाडौंमा पहिलो पटक 'डिलर मिट' सम्पन्न गरेको छ।
बोस पावर टुल्स एण्ड एक्सोसरिज नेपालको एक मात्र आधिकारिक डिस्ट्रिब्युटरस् इन्फ्राटेक प्राइभेट लिमिटेडले लैनचौरस्थित मल्ल होटलमा शनिबार डिलर मिट आयोजना गरेको हो।
यो कार्यक्रमबाट डिलर, डिस्ट्रिब्युटर तथा ब्रान्ड बीचको सम्बन्ध सशक्त बनाउँदै बोस पावर टुल्सलाई नेपाली ग्राहकहरू माझ नम्बर एक बनाउने प्रयास गरिएको कम्पनीले बताएको छ।
नेपालको पूर्वाधार विकास निर्माणका क्रियाकलापमा प्राथमिकतासहित टेवा पुर्याउनु यस डिलर मिटको उद्देश्य रहेको बताइएको छ।
यस डिलर मिटमा देशभरका विभिन्न स्थानबाट ५० भन्दा बढी डिलरहरू सहभागी भएका थिए।
कार्यक्रममा इन्फ्राटेकका निर्देशक आकाश गोल्छाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
साथै, बोसको सार्क मुलुकका व्यवसाय विकास निर्देशक स्वामी नाथान आर तथा बोस श्रीलंका कन्ट्री म्यानेजर अशोक कुमार एनद्वारा बोस पावर टुल्स तथा सेवाहरूका बारेमा जानकारी गराएका थिए।
समारोहमा कम्पनीका विभिन्न उत्पादनहरू तथा जानकारी मूलक सामग्रीहरू प्रदर्शन गरिएको थियो।
नेपालमा ५० भन्दा बढी आउटलेहरूमार्फत बिक्री वितरण गर्दै आएको बोस पावर टुल्स, निर्माण तथा पावर टुल्स क्षेत्रका लागि उच्च गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ।