समिट होटलले विकास गरिरहेको परियोजनासँग आफ्नो नाम जोडिएको भन्दै सिजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ।
कुपण्डोल हाइटमा निर्माणाधीन समिट होटल रहेको स्थानमा निर्माण कार्य भइरहँदा छेउका घरहमा असर परेपछि सिजीको नाम जोडिएर केहि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणीहरू भएको घटनाप्रति सिजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको हो।
सिजी डेभलपर्सले होटल समिट परियोजनामा आफू ३० प्रतिशत मात्रै साझेदार रहेको दाबी गरेको छ।
बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरूको परिवार रहेको सिजीले बताएको छ।
उक्त परियोजनाको निर्माण क्रममा सिजी डेपलपर्स व्यवस्थापन र सञ्चालनमा संलग्न नरहेको जानकारी समेत सिजीले दिएको छ।
सिजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सिजी हिल्स, माउन्ट भ्यू रेसिडेन्सी विकास गरेको र अहिले ललितपुरको भैंसेपाटीमा सिजी हिल्स प्रिमियम विकास गरिरहेको समेत जनाएको छ।