केटिएम सिटीले 'इन्ड अफ इयर सेल' अफर सार्वजनिक गरेको छ।
नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटिएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो।
इन्ड अफ इयर सेलमा ग्राहकहरूले एक सय ९०, दुई सय ९० र तीन सय मा केटिएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन्।
वैशाख २ गतेसम्म चल्ने उक्त योजना सीमित प्रकारका लुगामा मात्र लागु हुने कम्पनीले जनाएको छ।
केटिएम सिटीका देशभरका आउटलेट र अनलाईनमार्फत ग्राहकले आफ्नो रोजाईको लुगा प्राप्त गर्न सक्नेछन्।
नेपाली ब्राण्ड केटिएम सिटीले सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ।
शेर्पा आउटडोर अन्तरर्गतको केटिएम सिटीले खेलकुद, फेसन, लाइफस्टाइलसँग जोडिएर आफ्ना उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ।
केटिएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको अफिसियल किट प्रायोजक समेत रहेको बताइएको छ।