दराजले नयाँ वर्षको अवसरमा 'नव वर्ष उत्सवः नयाँ वर्ष, नयाँ रहर' योजना सार्वजनिक गरेको छ ।
'किनौं सबै दराजमा' भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्मममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र बिक्रेतालाई एक आपसमा जोड्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको दराजले बताएको छ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको भन्दै नयाँ वर्ष अफर सार्वजनिक गरिएको हो।
यसका लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरूसँग साझेदारी गरेको उनको भनाइ छ।
यस नेपाली नयाँवर्ष अभियानले 'किनौं सबै दराजमा' भन्ने सन्देश पनि ल्याएको कम्पनीले बताएको छ।
कम्पनीकाअनुसार मेगा गिभ-अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जिटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा पाँच हजार रुपैयाँसम्मको छुट र प्रि–पेमेन्टमा एक हजार रुपैयाँसम्म छुट उपलब्ध रहेको छ।
दराजका अनुसार नबिल बैंक, ग्लोबल आइएमई, एनआइसी एसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंकको कार्ड भएका ग्राहकहरूले प्रि –पेमेन्टमा २० प्रतिशत (एक हजार रुपैयाँसम्म) छुट लिन सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्री पेमेन्टमा १० प्रतिशत अधिकतम २०० रुपैयाँ र इ–सेवा मार्फत १० प्रतिशत अधिकतम एक सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन्।
यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड प्रयोग गर्नुपर्ने दराजले बताएको छ।