नेपाल उद्योग बाणिज्य महासंघको एसोसियटतर्फ १९ जना सदस्य निर्वाचित भएका छन्।
बुधबार काठमाडौंमा मतदान भएको थियो। गए राति मतगणना भएको हो।
मतगणनाको परिणामअनुसार एसोसियट सदस्यतर्फ अम्बिका प्रसाद पौडेल १३६३ मत, अविनाश बोहोरा १२७५, आनन्दकुमार बगेरिया १३६४, उज्वलकुमार श्रेष्ठ ११९१, हृषी अग्रवल ८८१, गोपाल खनाल १२६५, जुना माथेमा ९९१ मत ल्याएर सदस्य भएका छन्।
साथै रामशरण थपलिया १४४० मत, देश्बन्धु बस्नेत १२८४, प्रबलजङ पाण्डे ११२८, मनोज पौडेल १३७३, मुकुन्दप्रसाद तिमल्सिना ८४२, राजेशकुमार अग्रवाल १३१२, शक्तिकुमार बेगानी ९८८, सुशील थापा १३२९, शैलेन्द्र गुरागाई १३१५, सन्दिपकुमार अग्रवाल ९२५, सुनिलनारायण श्रेष्ठ १३४२ र हेमन्त गोल्छाले १३०० मत ल्याएर सदस्यमा निर्वाचित भएका छन्।
सदस्यमा २९ जनाको उम्मेदवारी परेको थियो। चुनावमा १६४९ मत खसेको थियो।