नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा एसोसियटतर्फको मतगणना गर्दा रामचन्द्र संघई अघि छन्।
एक हजार मत गणना गर्दा संघईले ३९० मत ल्याएका छन्।
उनलाई अञ्जन श्रेष्ठले पछ्याइरहेका छन्। अञ्जनले ३३२ मत ल्याएका छन्।
अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले २५८ मत ल्याएका छन्। मतगणना जारी छ।
एसोसियटको मतभार ३० प्रतिशत हुन्छ।
महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार काठमाडौंमा मतदान भएको थियो।