पोखराका केशवकुमार भुजेलले उद्धब खड्का,कुमार चौलागाईँ र दीपक खड्कासँग मिलेर काठमाडौंमा बौद्धमा पिज्जा वर्ल्ड खोले।
अरुको भन्दा त्यो रेष्टुरेन्ट निकै फरक थियो, अल्कोहल र चुरोट खान नपाइने । आफन्त, साथीभाई र अन्य व्यवसायीहरुले उनीहरुलाई भन्थे, 'रक्सी र चुरोट नबेचेर रेष्टुरेन्ट कसरी चल्छ ? चुरोट बेच्यौं भने मात्र रेष्टुरेन्टको भाडा तिर्न पुग्छ।'
तर उनीहरुले अल्कोहल र चुरोट बेच्दै नबेच्ने घोषणा गरे। 'अल्कोहल र चुरोट नबेचेता पनि रेष्टुरेष्ट राम्रोसँग चल्यो' केशवले सेतोपाटीसँग भने।
उनीहरुले बौद्धको रेष्टुरेन्ट खोलेको १ वर्ष पनि नबित्दै ललितपुरको कुमारीपाटीमा उनीहरुले अर्को शाखा खोले। केशवको घर पोखरा हो, खड्का दाजुभाइको सर्लाही, कुमार भने काठमाडौंकै हुन्। रेष्टुरेन्ट खोल्नुभन्दा अघिसम्म उनीहरु काठमाडौंका विभिन्न रेष्टुरेन्टमा सँगै काम गरे।
काम गर्दा नै उनीहरुवीच भेट भएको हो। १० वर्षसम्म रेष्टुरेन्टका काम गरेपछि उनीहरुले आफैँ रेष्टुरेन्ट खोल्ने निधो गरे। रेष्टुरेन्टमा काम गर्दादेखि नै हामीहरुले मिलेर आफ्नै रेष्टुरेन्ट खोल्ने सपना देखेका थियौं, केशवले भने, आज आएर त्यो पुरा भएको छ।
तडकभडक भन्दा पनि सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समयभित्रै चेन खोल्न सफल भएको उद्धव खड्काले बताए।
पिज्जा वर्ल्डमा ४७ प्रकारका पिज्जा पाइन्छ। विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ५० रुपैयाँदेखि १७ सयसम्म पर्छ।
ग्राहकहरुका लागि उनीहरुले निशुल्क होम डेलिभरीको समेत ब्यवस्था गरेका छन्। घरमै मगाएर पिज्जा खानको लागि पिज्जा वर्ल्डको फेसबुक वा फोनमा सम्पर्क गर्नुपर्ने हुन्छ। (यहाँ गएर अर्डर गर्न सकिन्छ)
https://www.facebook.com/pizzaworld.np/photos/a.641085079379631.1073741829.629272533894219/820894351398702/?type=3&theater
पिज्जा वर्ल्ड पिज्जा विशेष भएपनि यहाँ पिज्जा बाहेक अन्य आइटमहरु पनि पाइन्छ। १२ प्रकारका इपिटाइजर आइटम, पास्ता, विभिन्न फ्लेभरका पेय पदार्थ र डेजर्ट आइटम पनि पाइने खड्काले बताए।
सुरुमा ३५ लाख रुपैयाँ लगानी गरेर बौद्धमा पिज्जा वर्ड स्थापना गरेका चारजना युवाहरु उद्धव बाहेक अरु सबै होटल म्यानेजमेन्ट क्षेत्रबाट आएका हुन्। दीपक र कुमार होटल म्यानेजमेन्ट अध्ययन गरेर कुमार लामो समयदेखि होटलहरुमा काम गरेको अनुभव पनि छ।
एकवर्ष नपुग्दै चेनविस्तार गर्न सफल भएका उनीहरु आगामी दिनहरुमा निरन्तररुपमा चेनहरु विस्तार गर्दै जाने बताउछन्।पिज्जा वर्ल्डले विशेष अवसरहरुमा विशेष पिज्जाको स्वाद ग्राहकहरुलाई पस्कदै आएको भुजेलको भनाइ छ। उनका अनुसार भ्यालेन्टाइन, नयाँ वर्षजस्ता अवसरमा विशेष साइज र स्वादमा पिज्जा बनाउने गरिएको छ।
त्यस्तै जन्मदिन मनाउन पिज्जा वर्ल्डको विशेष प्याकेज भएको खड्काले जानकारी दिए। उनका अनुसार पिज्जा वर्ल्डमा कसैले जन्मदिन मनाउन चाहेमा आफूहरुले नै त्यसको व्यवस्थापन गर्ने र सबैको अगाडि विशेष समारोह गरेर सेलिब्रेट गर्ने वातावरण बनाउने बताए।