यही असार ३० गते हुन गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभाले नयाँ नेतृत्व चुन्ने छ।
त्यसका लागि मैले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरिसकेको छु । वार्षिक ५ लाख युवालाई हामीले रोजगार दिइ विदेश पठाइरहेका छौं। अहिलेसम्मको तथ्थांक हेर्ने हो भने ५० लाख युवा वैदेशिक रोजगारीमा छन्।
विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सले कुल गार्हस्थ उत्पादन ३१ प्रतिशत ओगटेको छ। मुलुकको गरिवी निवारणमा ४१ दशमलव ८ शुन्य दरले कमी आएको छ। यस्तो अवस्थामा हाम्रो व्यवसायमा भने चुनौती नै चुनौती थपिएको छ।
फ्रि भिसा फ्रि टिकट, भिएलएन, माइग्राम्स, ओएससी, आइएससी जस्ता आधीँ र तुफानका कारण व्यवसायमा निकै अप्ठेरो भइरहेको छ । संघको नेतृत्व गर्ने केही व्यक्तिका कुटिल चालका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माफियाहरु सक्रिय भए।
कहिले सिण्डिकेटको नाममा, कहिले धरौटी बढाउने नाममा, कहिले व्यावसायिक संस्थाहरुलाई बर्गिकरण गर्ने जस्ता सन्त्रास फैलाइ आतंक मच्चाउने काम भइरहेका छन्। यस्ता गलत पात्र, प्रवृत्ति, नेतृत्व र निर्णयलाई सच्चाउँदै व्यवसायिक यात्रालाई समयाअनुकुल बनाउन सहि नेतृत्व छनौट गर्नुपर्ने भएकाले मैले अध्यक्षमा उठ्ने निर्णय गरेको हुँ।
नीतिगत सुधारका लागि, कार्यविधि व्यवस्थापनका लागि र आन्तरिक व्यवस्थापन सुधारका लागि मेरो उमेद्वारी रहने छ।
मेरो उमेद्वारी किन ?१,संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार ऐन २०६४ को प्रस्तावित मस्यौदालाई पूर्ण रुप दिन।
२,फ्रि भिसा फ्रि टिकट खारेज गरी कामदारले पाउने १ महिनाको तलव बराबरको रकम व्यवसायीले सेवा शुल्क वापत लिन पाउने व्यवस्था गर्न ।
३,र्साक मुलुकहरुमा रोजगारीमा जाने कामदारहरुजस्तै नेपाली कामदारले पनि हवाइ टिकट खरिद गरी रोजगारीमा जान सक्ने व्यवस्था गर्न।
४,मलेसिया जाने नेपाली कामदारलाई अनावश्यक आथिर्क भार पार्ने बायोमेट्रिक, भिएलन, माइग्रान्सजस्ता अवैधानिक संस्थाहरुलाई खारेज गर्न।
५, गाम्का नेपाल लगायतका यस्ता प्रकृतिका अन्य स्वास्थ्थ संस्थाहरुले कामदारलाई पार्ने उच्च आर्थिक भारलाई न्युनिकरण गर्न।
६,कर भुक्तानीका सम्बन्धमा देखिएको अस्पष्ट कर प्रणालीलाई सरलीकरण गर्न।
७,रोजगारदाता मुुलुकहरुसँग श्रम सम्झौता गर्नका लागि दबाब दिन ।
८,घरेलु कामदार कार्यविधि २०७२ लाई परिमार्जन गरी कामदार र व्यवसायी मैत्री बनाउन।
९,वैदेशिक रोजगार सम्बन्धि विषयलाई विद्यालय स्तरीय पाठ्यक्रममा समावेश गर्न।
१०, संझौता अनुसार काम नगर्ने रोजगारदाता कम्पनीलाई कालो सुचीमा राख्ने ब्यवस्था गर्न।
११,खाडी मुलुकमा नेपाली कामदारले पाउने न्युनतम पारिश्रमिकमा एकरुपता ल्याउन।
१२,भिसा प्राप्त गरेका कामदार आफ्नै कारण रोजगारीमा नगएमा क्षतिपुर्तिवापत रकम असुल गर्न।
१३,स्वास्थ्थ परीक्षण असफल भइ फर्किएका कामदारको क्षतिपुर्ति स्वास्थ्थ परीक्षण संस्थाबट असुल उपर गर्ने व्यवस्था गर्न ।
१४,राहदानी लिनु पहिला नै रोजगार सम्बन्धि प्रि आरेन्टेसन सम्बन्धित जिल्ला वा प्रदेशमा नै व्यवस्था गर्न ।
१५,संघीय नियम कानुन कामदार र व्यवसायी मैत्री बनाउन।
१६, वैदेशिक रोजगार व्यवसायीले स्वदेशमा समेत कामदार आपुर्ति गर्न पाउने इजाजतपत्रको व्यवस्था गर्न, गराउन।
१७, इजरायल लगायतका मुलुकहरुमा व्यवसायी संस्थामार्फत कामदार आपुर्ति गर्ने व्यवस्था गर्न
१८,अनलाइन श्रम स्वीकृति प्रणालीलाई प्रभावकारी बनाउन।
१९,व्यवसायिक संस्थाविरुद्ध परेका उजुरीलाई कानुन व्यवसायीसहितको हेल्प डेक्स स्थापना गरी निशूल्क कानुनी सेवा प्रदान गर्न ।
२०,व्यवसायी र कामदारले सेवा लिने निकायहरुमा हुन सक्ने आर्थिक अनियमितता बन्द गर्न ।
२१,नयाँ श्रम गन्तब्य खोज्न पहल गर्ने।
२२,दूतावासहरुबाट हुने हस्तक्षेप र झन्झटिलो प्रक्रिया अन्त्य गर्न पहल गर्ने ।
२३,प्रबद्र्धन बोर्डले दिने तालिमलाई प्रभावकारी बनाउने।
२४,नेपालस्थित साउदी दूतावासबाट भिसा स्ट्यामपिङ गर्ने कार्य छिटो छरितो बनाउन पहल गर्न।
२५,वैदेशिक रोजगारीमा जाने युवाहरुको आवेदन अनलाइन सिस्टमबाट संकलन गर्ने ।
२६,हरेक प्रदेशको राजधानीमा संघको शाखा कार्यालय खोल्ने।