करिब ३५ वर्षअघि किनिएको एक हिराको औंठीको अहिले कति मूल्य पर्ला?
हामी दोब्बर, तेब्बर वा केही गुणा बढी आकलन गर्न सक्छौं। तर गत जून ८ मा लन्डनमा एक यस्तो औंठी बिक्री भएको छ जसको खरिद र बिक्री मूल्यले सबैलाई चकित गराएको छ। मात्र १३ सय रुपैयाँ (१३ डलर) मा किनिएको उक्त हिराको औंठी अहिले करिब ८ करोड ७४ लाख रुपैयाँ (८ लाख ४७ हजार ६ सय ६७ डलर)मा बिकेको हो।
अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएअनुसार लन्डनमा भएको लिलामीमा बिकेको उक्त औंठी सन् १९८० को दशकमा एक व्यापारीले सामान्य गहना सम्झेर किनेका थिए। औंठी कारका पाटपूर्जा पाइने पसलबाट किनिएको थियो। तर, २६ क्यारेटको हिराको औंठीको वास्वतिकता धेरै वर्षपछि मात्र थाहा भयो जब यो लगाउने व्यक्तिले स्थानीय गहना व्यापारीलाई देखाएका थिए।
लिलाम गर्ने कम्पनी सोथबीले लिलामी पूर्व यो ३ लाख २५ हजारदेखि ४ लाख ५६ हजार अमेरिकी डलरसम्म बिक्री हुने अनुमान गरेका थियो।
तर यसले सबैलाई चकित पार्दै ८ लाख ४७ हजार ६ सय ६७ डलरमा बिक्यो।
यो औंठी पुरानो र केही मैलो भएका कारण यसबारे यसका बाहकले जानकारी नपाएका हुनसक्ने लिलामी कम्पनीको अनुमान छ।