गोरखा ब्रुअरीले नयाँ स्वादमा टुर्वोग बियर बजारमा ल्याएको छ। काठमाडौंको हायात होटलमा भब्य कार्यक्रम गरी गोरखा ब्रुअरीले टुर्बोग क्लासिक स्ट्रोङ वियर विथ प्रिमियर स्कच माल्ट्स सार्वजनिक गरेको हो।
नयाँ वियरमा ६ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा छ। यस वियरको मुल्य ३ सय १० रुपैयाँ तय गरिएको छ। यस प्रकारको वियर नेपालमा नै पहिलो पटक सार्वजनिक भएको गोरखा ब्रुअरीका म्यानेजिङ डाइरेक्टर अरुण अधिकारीले जानकारी दिए।
गोरखा ब्रुअरीका मार्केटिङ म्यानेजर वैभव शर्माले नयाँ टुर्वोग क्लासिक वियरको स्वाद पनि वियर पारखीहरुलाई मन पर्नेमा आफू विश्वस्त रहेका बताए।
गोरखा ब्रुअरीको टुर्बोग, काल्सबर्ग,सानमिगेल, गोर्खालगायतका वियर लोकप्रिय छ। उसले पछिल्लो पटक बजारमा ल्याएको सोर्मसबिले राम्रो बजार भाउ ओगटेको कम्पनीले जनाएको छ।