योग गुरु बाबा रामदेवले अब फेसबुक र गुगलसँग काम गर्ने भएका छन्।
तीव्र गतिमा आफ्नो व्यवसाय विस्तार गर्न सफल रामदेवको कम्पनी पतन्जली आयुर्वेद यी दुई कम्पनीसँग विज्ञापनका क्षेत्रमा काम गर्ने भएको हो। कम्पनीले पहिलोपटक अनलाइन दर्शकका लागि विज्ञापन बनाउनमा लगानी गर्ने भएको हो।
आफ्नो मुनाफा बढाउन यसले निकै मद्दत पुर्याउने कम्पनीको विश्वास छ। पतन्जलीले खाद्यान्न, सौन्दर्य तथा अन्य घरायसी प्रयोजनका सामग्री उत्पादन गर्दै आएको छ।