योग गरु बाबा रामदेव जम्मू–काश्मिरमा जग्गा खोजिरहेका छन्। जम्मू–काश्मिरमा आफ्नो कम्पनी पतन्जली आयुर्वेद शाखा स्थापना गर्न त्यहाँ जग्गा खोजिरहेको रामदेवले एक अन्तर्वातामा बताएका हुन्।
उनी करिब ७० हेक्टर जग्गा खोज्ने प्रक्रियामा छन्। कम्पनी स्थापना भए जम्मू–काश्मिरका युवाले रोजगारी पाउने उनको भनाइ छ।
जम्मू–काश्मिरमा आतंकवादबारे बोल्दै उनले भने, ‘योग कलामा जो व्यक्ति डुब्छ, ऊ कहिल्यै आतंकवादी बन्न सक्दैन। योग ज्ञान पाएकाहरु आजसम्म कोही पनि आतंकवादी बनेका छैनन्।’
तीव्र गतिमा दौडिरहेको रामदेवको कम्पनी पतन्जलीले भारतीय बजारमा वर्षौंदेखि प्रभाव जमाएका अन्तर्राष्ट्रिय कम्पनीहरुलाई टक्कर दिएको छ। पतन्जलीका उत्पादन नेपाली ग्राहकको पनि रोजाइ बन्दै गएको छ।