हिमालय एयरलाइन्सले काठमाडौं र साउदी अरेबियाको दमाम शहरबीच सिधा उडान सुरु गरेको छ। सुरु भएको उडानले दुई देशबीचको सम्बन्ध विस्तार हुनुका साथै आवतजावतमा यात्रुहरुलाई सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।
नेपाल तथा साउदी अरेबियाबीच सिधा उडान गर्ने हिमालय एयरलाइन्स नेपालको पहिलो वायुसेवा कम्पनीे हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान एच ९ ५५९ को जहाजले स्थानीय समयअनुसार शुक्रबार राति साढे १० बजे दमामका लागि प्रस्थान गर्यो।
उल्लेख्य यात्रु सँख्याका साथ उडेको सो जहाज दमामस्थित किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिन स्थानीय समय अनुसार शनिबार बिहान १ बजे आवतरण गरेको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं र दमाम जोड्ने पहिलो वायुसेवाकम्पनी हुन पाउँदा खुसी व्यक्त गरे। चाडपर्वमा धेरै नेपालीले आफ्नो देश आउन सीधा उडानको सेवा प्राप्त गर्न सक्ने गरी कम्पनीले उडान सुभारम्भ गरेको उनले बताए।
उनले भने ‘सााउदी अरेबियामा विभिन्न पेशामा सँलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सिधा उडानको सुविधा पुगेको छ।’ एयरलाइन्सले इकोनोमी क्लासको लागि ३० केजी र बिजनेस क्लासको लागि ४० केजी निःशुल्क ब्यागेज सुविधाको व्यवस्था गरेको छ।
एयरलाइन्सले साउदी अरेबियाका लागि आफ्नो आधिकारीक बिक्रेताका रुपमा अस्फर ट्राभल एण्ड टुरिजमलाई छनौट गरेको छ। जसले टिकट बिक्री, बजार प्रवर्धन, बुकिङ्ग तथा आरक्षणको लागि जिम्मेवारी लिएको छ। हाल एयरलाइन्सले क्वालालम्पुर र दुबईमा पनि सिधा उडान गरिरहेको छ। ढाका, हङकङ, र बैंककमा पनि उडान गर्ने कम्पनीको लक्ष्य छ।
एयरलाइन्ससँग हाल एअरबस ब्(घद्दण्(द्दज्ञद्ध सिरिजका साना आकारका तीनवटा जहाजहरु छन्। आगामी पाँच वर्षभित्र एअरलाईन्सले पन्ध्र वटा जहाज ल्याई काठमाडौँलाई एसिया र एसियाबाहेक अन्य धेरै नयाँ गन्तव्यहरुसँग जोड्ने लक्ष्य राखेको छ।