होटल व्यवसायमा फरक पहिचान दिन सफल प्रेसिडेन्ट ग्रुप अफ होटलको एक करोड लगानीमा रविभवनमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ।
पूर्ण पारिवारिक तथा कर्पोरेट हाउसलाई लक्षित गरी प्रेसिडेन्ट रेन्टुरेन्ट एण्ड सेकुवाको रविभवनमा शाखा सञ्चालनमा ल्याउन लागेको ग्रुपका प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए।
१ करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा आउन लागेको 'फाईन डाईनिङ्ग रेष्टुरेन्ट'मा नेपाली, ईन्डीयन, कन्टीनेटल, चाईनिज र ईटलियन स्वादका विभिन्न परिकारहरु एकै ठाउँमा ग्राहकले पाउने उनले बताए।
यसका साथै सेकुवाको वास्तविक स्वाद र विभिन्न परिकारले यस रेष्टुरेन्टको फरक पहिचान हुने उनको दावी छ। रेस्टुरेन्ट भित्रका हरेक कोठाहरुलाई विभिन्न नामाकरण गरी खानाका पारखीको ध्यान समेत केन्द्रित गर्न खोजिएको छ।
जुन रेष्टुरेन्टबाट शान्त मनोरम कंलकी क्षेत्रको दृश्यलोकन गर्न सकिन्छ। तत्कालीन शाहकालीका राजपरिवारसँग जोडिएको रवि दरबार, स्वयम्भू तथा शिवपुरी क्षेत्रको रुफटपबाट दृश्यावलोकन गर्न सकिन्छ।
खानाको स्वच्छतामा यतिबेला नेपालीहरुको विशेष ध्यान जान थालेको बताउँदै निर्देशक भण्डारीले भने ‘हामीले गुणस्तरमा विशेष ध्यान दिँदै ग्राहकमैत्री किचेनका साथै हरेक परिकार तथा क्षेत्रमा हाईजिन मेन्टेन गरेका छौँ।’
यहाँ पारिवारिक रुपमा आउने बच्चाबच्चीहरुका लागि छुटै किड्स प्ले रुम रहेको छ। जहाँ बच्चाबच्चीहरुले विभिन्न खेलौना सामाग्रीहरु खेल्दै रमाउन सक्नेछन्। यो सेवा निशुल्क समेत गरिएको भण्डारीले बताए।
परिवारका अन्य सदस्यहरुले बच्चाबच्चीसँगै रमाउँदै, खेलाउँदै विभिन्न परिवारका स्वादको मज्जा लिन पाउनेछन्। विभिन्न संघसंस्थाले आफ्नो पार्टी तथा विभिन्न मिटिङ्ग, गोष्ठी सेमिनार गर्न मिल्नेगरी एसी रुम तथा मिटिङ्ग हलको व्यवस्था रेष्टुरेन्टमा गरिएको छ।
यस्तै गीतसंगीतका पारखी ग्राहकलाई मध्यनजर गर्दै क्यारोओके सिस्टमसहितको सांगीतिक रुमको समेत व्यवस्था छ। २०६३ सालबाट सञ्चालनमा आएको ग्रुपले काठमाडौँमा ६ र लुम्बिनीमा एउटा होटल सञ्चालन गरिएको छ। साथै निकट भविष्यमा चितवन र पोखरामा समेत आफ्नो नयाँ शाखा विस्तार गर्ने जनाएको छ।