नेपालमै पहिलो पटक सेकुवा मेला हुने भएको छ। बाजेको सेकुवाको आयोजना तथा टुबोर्गको प्रायोजनमा आगामी असोज ७ गते भृकुटीमण्डपमा मेला हुन लागेको हो। मेलामा २० थरीका भेज तथा ननभेज सेकुवाका परिकारहरु राखिने आयोजकले जनाएको छ।
दिउँसो ३ बजेदेखि बेलुका ९ बजेसम्म मेला हुनेछ। मेलाको आकर्षणमा होटल मटन बार्बिक्यु रहनेछ, जसलाई बाजेको शिवेष प्रकारको मसला प्रयोग गरी रोटरमा ग्रिल गरिएको हुनेछ। सेकुवाका परिकारसँगै आगन्तुककले अन्य पेयपदार्थ पनि लिन सक्नेछन्।
मेलामा रोहित, जोन क्षेत्री र कुटुम्ब ब्याण्डको साँगीतिक प्रस्तुतीसँगै मनोरञ्जनात्मक गतिविधिहरु रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार मेलामा आउनेले १५ सयको टिकट किनेपछि चाहेजति परिकारका सेकुवा तथा एक कम्प्लिमेन्ट्री पेय पदार्थ निशुल्क पाउने छन्। १२ वर्षमुनिकालाई भने टिकटको शुल्क ९ सय तोकिएको छ। अग्रिम टिकट लिनेलाई १० प्रतिशत तथा कर्पोरेट एवं. सामुहिक खरिदमा विशेष छुट दिइने बताइएको छ।