बडा दसैँ नजिकिँदै गर्दा पर्यटकीय नगरी कीर्तिपुरमा तेस्रो दसैँ तथा ब्यापार महोत्सव हुने भएको छ। आगामी बुधवारदेखि असोज ११ गतेसम्म नयाँ बजार खेलकुद मैदानमा महोत्सव हुने भएको हो।
औधोगिक शान्ति नेपालले राईज म्युजिक प्रालि, राजकमल महर्जन तथा शशिर महर्जनसँगको संयुक्त आयोजनामा उक्त महोत्सव आयोजना गर्न लागेको हो।
औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले महोत्सवले कीर्तिपुरको साँस्कृतिक पक्षलाई मात्रै नभई व्यवसायिक क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे। राइज म्युजिकका बिनोद सिंहले महोत्सवमा कीर्तिपुर नगरपालिकाका १० वटा वडाका लागि एक–एक वटा स्टलहरुको फ्री व्यवस्था गरिएको जानकारी दिए।
ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शन गरिने छ। महोत्सव दसैँको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राज कमल महर्जनले बताएका छन्।
महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ। उक्त अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ।
मेलामा एक सय पचास भन्दा धेरै स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले उपलव्ध हुने आयोजकले जनाएको छ।
अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था हुने बताइएको छ।