गौतमश्री बिजनेश ग्रुपले कुलेश्वरमा दोस्रो आउटलेट संचालनमा ल्याएको छ।
पूर्वमन्त्री अग्नि सापकोटा र गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले संयुक्त रुपमा मार्टको समुद्घाटन गरे।
मार्टमा गौतमश्री अर्गानिक एण्ड काउ फार्मबाट उत्पादित दुध, दही, पनिर र घिउ लगायत ग्रोसरी सामानको कारोबार हुन्छ। मार्ट ओपनिङको अवसर पार्दै गौतम मार्टले सामान खरिद गर्दा ५ देखि २० प्रतिशत छुट दिइने जनाएको छ।
मार्टमा नाइक, एडिडास र गौतम ग्रुपकै स्वामित्व रहेको एस एण्ड एस गार्मेन्टबाट उत्पादित ५३ भन्दा बढी भेराइटीका गार्मेन्ट उत्पादनहरु बिक्रीका लागि राखिएका छन्।
काभ्रेको पात्लेखेतमा गाई फार्म संचालनबाट चर्चा बटुलेका राम बहादुर गौतमले मार्ट पनि संचालनमा ल्याउन थालेका हुन्।
मार्टमा ग्रोसरी, स्वदेशी तथा बिदेशी मदिराको पनि कारोबार भइरहेको बताउँदै प्रबन्ध निर्देशक राम बहादुर गौतमले यसको दायरालाई अझ फराकिलो बनाउने कार्यमा मार्ट अगाडि बढ्ने बताए। अनुभबी टिमलाई साथ लिएर शुरु गरिएका कारण यो मार्टले सफलता पाउनेमा ढुक्क रहेको गौतमले बताए। झण्डै दर्जन सफल कम्पनी संचालनमा ल्याएका गौतमले ग्रोसरी र गार्मेन्ट ब्यापारमा समेत लगानी गरेका छन्।