कतार एयरवेजले ‘ग्लोबल ट्राभल बुटिक’ प्रवद्र्धन योजना ल्याएको छ। एयरवेजका अनुसार यस योजनाअन्तर्गत कुनै पनि जहाजका बिजनेस क्लासको टिकटमा छुट दिइनुका साथै मेगा प्राइजअन्तर्गत एक जनालाई जुनसुकै गन्तव्यमा एक वर्षसम्म निशुल्क उडान गरिने छ।
भदौ २७ देखि एक हप्ता अर्थात असोज ३ गतेसम्म बिजनेस क्लासको भाडामा २० प्रतिशतसम्म छुट दिइने कतार एयरवेजले जनाएको छ।
कम्पनीका अनुसार ग्रुपको बुकिङ गर्दा पनि टिकटमा छुट दिइने छ। सोही अवधिमा टिकट बुक गर्ने प्यासेन्जसमध्येबाट एक जनालाई एक वर्षभित्र लागू हुनेगरी जुनसुकै ९ गन्तव्यका उडान निशुल्क गरिने एयरवेजले जनाएको छ।