दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमाको सेवा पर्वबहादुर राईले पाउने भएका छन्।
आईएमई सेवाग्राही पर्बबहादुर राई सफ्टवेयर पद्वतिबाट छनोटमा परेका हुन्।
मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका उनले अब उपहारस्वरुप आफू वा सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन्।
भदौ १२ गतेदेखि संचालनमा आएको प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सहभागी भई दैनिक ‘लक्कीड्र’मा ९०० सय जना आईएमई पे क्यास मार्फत पुरस्कृत भइसकेको कम्पनीले जनाएको छ।
आइएमईका अनुसार मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस कार्यकममा कम्पनीमार्फत पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनौट गरिन्छ।
७५ जिल्लाका ६४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले आफन्तजनहरुमा आइएमईमार्फत रकम हस्तान्तरण सेवा पाउँदै आएका छन्।