पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टले चाडवाडको मौसमलाई लक्षित गर्दै नयाँ प्याकेज “सिजन अफ स्माइल” ल्याएको छ । १ अक्टोबरबाट ३० नोभेम्बरसम्म उपलब्ध हुने यो प्याकेज नेपाली तथा विदेशी दुवै पर्यटकलाई लक्षित गरेर ल्याइएको रिसोर्टका निर्देशक सुरज विष्टले जानकारी दिए।
एउटा व्यक्तीलाई एक दिनको ३ हजार रुपैयाँमात्र पर्ने यो प्याकेजमा डिलक्स रुमसँगै प्रत्येक दिन बफेट, ब्रेकफास्ट र डिनर प्याकेज पनि समावेश गरिएको विष्टले जानकारी दिए। उनका अनुसार यदि एउटै कोठामा एकजनामात्र बसेमा भने ४५ सय रुपैयाँ लाग्ने छ।
स्विमिङ पुल, सौना, वाइफाइलगायतका सुविधा प्याकेजमा उपलब्ध हुनेछ। ५० भन्दा बढी डिलक्स रुम भएको रिसोर्टमा आउने ग्राहकको ध्यानलाई मध्यनजर गर्दै स्विमिङ पुल, स्पा, कफी सप, रेष्टुरेन्ट र मिटिङ हल पनि भएको विष्टले जानकारी दिए।
फेवा ताल नजिकै अवस्थित रिसोर्टबाट साँझमा फेवा तालको मनमोहक दृष्यावलोकनसँगै हिमालहरु पनि सहजै देख्न सकिने व्यवस्थापकहरुको भनाइ छ।