ओपोद्वारा सञ्चालित ‘दसैँ स्क्र्याच एण्ड विन अफर’को ग्राण्ड प्राइज ‘थाइल्याण्ड ट्रिप’ काठमाडौं सामाखुशीका राम प्रसाद पालले जितेका छन्।
समस्त नेपालीको महान चाड विजया दशमीको अवसरमा क्यामेरा फोन निर्माता ओपोले सेप्टेम्बर १५ देखि ‘दसैँ स्क्र््याच एण्ड विन अफर’ सञ्चालन गरेको छ।
योजना अन्तर्गत बम्पर उपहार, ‘थाईल्याण्ड ट्रिप’का साथै सयौँ विजेताले उपहारका रुपमा राखिएका ओपो ए३७ स्मार्टफोन, पङ्खा तथा क्यास प्राइज पारेको कम्पनीले जनाएको छ।
सेप्टेम्बर ३० सम्म लागू हुने अफरअन्तर्गत अझै पनि धेरै विजेताले ग्राण्ड प्राइज अन्तर्गत थाइल्याण्ड ट्रिप लगायत उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ।
यसअन्तर्गत कम्पनीले उपभोक्तालाई हरेक फोनको खरिदमा एक प्रति स्क्र्याच कार्ड उपलब्ध गराउने र सो कार्ड कोट्याएर (स्क्र्याच गरी) ‘अन द स्पट’ २ सय वा ५ सय क्यास प्राइज, पंखा, ओपो ए३७ स्मार्टफोन, ३२ इञ्च एलसिडी टिभी तथा ग्राण्ड प्राइजका रुपमा थाइल्याण्ड ट्रिप जित्न सक्ने कम्पनीले जनाएको छ।
ओप्पोका अनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ५ सम्म कम्पनीका कुनैपनि स्मार्टफोनको खरिद गर्दा उपभोक्तालाई १ वर्षको एक्स्टेन्डेड वारेन्टी कार्ड पनि उपलब्ध गराइनेछ।