मलेसियास्थित रिया आइएमईले दसैँ र तिहारको अवसरमा ल्याएको ‘आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ।
सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन्।
सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए। उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायिक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ।
योजनाअवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँचज नाभाग्यशाली विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।
विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ ओभन र स्ट्याण्ड फ्यान प्राप्तगर्न सक्नेछन्।